spot_img

निर्वाचन आचारसंहिताका कारण कांग्रेसको मधेस सभा स्थगित

spot_img
spot_img

जनकपुर,११ माघ । निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित गरिएको छ।

मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ता का अनुसार, निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले सभा स्थगित गर्ने निर्णय गरिएको हो। उनले आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने जानकारी दिए।

नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताए। कांग्रेसको मधेस प्रदेश समितिको शनिबार बसेको बैठकले माघ १६ गते चिरहोटियामा आमसभा गर्ने निर्णय गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय