spot_img

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

spot_img
spot_img

काठमाडौं,१२ माघ । सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सोमबार सम्पन्न भएको छ। बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा भएको थियो, जसले कम्पनीको सेयर निष्काशन र बिक्री व्यवस्थापन गरेको थियो।

कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो।

यसमा १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गर्दै आएका नेपालीका लागि निष्काशन गरिएको थियो। थप रूपमा, ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको थियो।

आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो। कुल २४ लाख ७१ हजार ७ जनाले २ करोड ९० लाख २७ हजार ४३० कित्ता सेयरको लागि आवेदन दिएका थिए। अन्ततः ८ लाख २० हजार जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ सेयर पाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय