spot_img

सोसल मिडियामा ‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ : प्रचण्ड

spot_img
spot_img

काठमाडाैं,१३ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताएका छन्। उनले सोसल मिडियामा ‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भइरहेको पनि बताए।

‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भइरहेको छ,’ मंगलबार काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल एकता पक्षधरबीचको कार्यक्रममा बोल्दै उनले भने।

उनले सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढन पनि आग्रह गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय