पूजा महतोको नेतृत्वमा राइजिङ स्टार्स खेल्दै नेपाल महिला टोली

spot_img

काठमाडौं,१७ माघ  । थाइल्याण्डमा आगामी महिनामा आयोजना हुने एसीसी एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान) ले पूजाको नेतृत्वमा सहभागी हुने टोलीको आधिकारिक घोषणा गरेको हो।

नियमित कप्तान इन्दु बर्मा चोटका कारण बाहिर रहेपछि पूजा कप्तानको जिम्मेवारीमा आएकी हुन्। इन्दु आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गत गएको साता स्कटल्याण्डविरुद्धको खेलमा घाइते भएकी थिइन्। पूजा यसअघि नै राष्ट्रिय टोलीकी नियमित उपकप्तानको भूमिकामा रहेकी छन्।

एसीसी राइजिङ स्टार्स प्रतियोगिता फागुन १ देखि १० गते (फेब्रुअरी १३ देखि २२) सम्म सञ्चालन हुनेछ, जसमा आठ टोलीको सहभागिता रहनेछ। नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएईसँगै परेको छ। समूह ‘बी’ मा भने बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया रहेका छन्।

राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले फागुन १ गते पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि फागुन ३ गते युएई र फागुन ५ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय