अहिलेका दलका घोषणापत्रमा अर्थतन्त्र पहिलो प्राथमिकता छैन : अध्यक्ष ढकाल

spot_img

काठमाडौं,१८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा ढकालले भनिन्, अहिलेसम्म कुनै पनि दलका घोषणापत्रमा आर्थिक मुद्दा पहिलो प्राथमिकता बन्न सकेको छैन।

उनले थपे, “राजनीतिक दलका नेताहरू प्रायः अर्को दललाई नराम्रो देखाउनेमा ध्यान दिन्छन्, आफ्ना एजेन्डा स्थापित गर्न कोही लाग्दैनन्। निजी क्षेत्रप्रति राजनीतिक दलको दृष्टिकोण नकारात्मक रहँदा यसको असर विभिन्न समयमा भोग्नु परेको छ।”

ढकालले बताए अनुसार, निजी क्षेत्रले रोजगारी सिर्जना, कर भुक्तानी र राज्यमा योगदान गर्दा पनि त्यसको चर्चा पर्याप्त रूपमा हुँदैन। “मन्त्रालयबीच कोडिनेसन छैन। निर्णय गर्दा लोकप्रियता खोज्ने प्रवृत्ति बढी छ, राज्यलाई क्षति हुने निर्णय पनि चर्चा बटुल्नका लागि गरिन्छ,” उनले आलोचना गरे। उनले यसो जोड दिईन् कि, राज्यले निजी क्षेत्रलाई प्रोत्साहन र सुरक्षा नदिए अर्थतन्त्र चलायमान हुन सक्दैन।

spot_img

ताजा अपडेट

लोकप्रिय