उँखु वारिमा मनोज चौधरीको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

spot_img

बीरगन्ज,२१ माघ । उँखु वारिमा पुगेर नेकपा पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। उनले स्थानीय किसान, युवा तथा समाजका अगुवासँग अन्तरक्रिया गर्दै क्षेत्रका मुख्य समस्या, आवश्यकता र जनअपेक्षाबारे जानकारी लिए।

भेटघाटका क्रममा उम्मेदवार चौधरीले कृषकको हित संरक्षण, रोजगारीका अवसर सिर्जना तथा समग्र क्षेत्रीय विकासलाई आफ्ना मुख्य प्राथमिकता रहेको स्पष्ट पारे। साथै उनले स्थानीयको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता जनाउँदै मतदाताबाट सहयोग र समर्थनको अपेक्षा व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय