लहान उपमेयरसहित सात नेतालाई जसपा नेपालले गर्‍यो निष्कासन

spot_img

सिरहा,२२ माघ । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोलाई जनता समाजवादी पार्टी, नेपालले निष्कासन गरेको छ ।

जसपा नेपालबाट गत स्थानीय तहको चुनावमा लहानको उपमेयरमा निर्वाचित उपमेयर महतोसँगै सात नेतालाई पार्टीले कारबाही गरेको हो ।

जसपा नेपालको सिरहा जिल्ला कार्यसमितिले बिहीबार एक विज्ञप्ती जारी गर्दै उपमेयर महतोसँगै नरहा गाउँपालिकाका अध्यक्षका प्रत्यासीसमेत जिल्ला अधिवेशन प्रतिनिधि रामसोगारथ यादव, हरिनारायण यादव र महेश यादवलाई निष्कासन गरिएको जनाएको छ ।

यस्तै, सखुवानन्कारकट्टी ४ का वडाध्यक्ष रमेश गोइत यादव, सखुवानन्कारकट्टी ४ कै पार्टीको वडा समितिका अध्यक्ष योगेन्द्र झा र लहान नगर समिति सचिव रामऔतार महतोलाई पनि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जिल्ला अध्यक्ष अशोक कुमारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले पार्टीको नीति, विधान, अनुशासन र हित विपरीत गतिविधि गरेका कारण कारबाही गरिएको पार्टीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय