बीरगन्ज,२२ माघ । नेपाली कम्युनिष्ट पार्टीले बीरगन्ज महानगरपालिका–२ मा टोल घुर्मिमा वार्ड भेला सम्पन्न गरेको छ। भेलाको अध्यक्षता अकलु यादवले गरेका थिए।
भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पर्सा–२ का प्रतिनिधि सभा उम्मेदवार मनोज चौधरी रहेका थिए। यसका साथै किशोरी कुशवाहा, बृजलाल पासवान, बिपिन यादव र बिरेन्द्र यादवलगायत अतिथिहरूले आफ्नो मन्तव्य व्यक्त गरे।
भेलाले अकलु यादवको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। यस कमिटीमा सह–संयोजकको जिम्मेवारी मनोज कर्णलाई दिइएको छ।

