रौतहट,२२ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको गाडीले ठक्कर दिँदा चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ।
बिहीबार दिउँसो इशनाथ नगरपालिका–४ मठियामा चुनाव प्रचारका क्रममा बा१५च ४२४४ नम्बरको गाडीले ती बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकालाई चालकले गौरस्थित प्रादेशिक अस्पताल पुर्याए। तर उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा लिइएको छ भने चालक हाल फरार रहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालका अनुसार चालकको खोजी कार्य जारी छ।

