spot_img

मोबाइल बैंकिङ्गबाट पुसमा मात्रै ५ खर्ब ५७ अर्बको भुक्तानी

spot_img
spot_img

काठमाडौं,२५ माघ । नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पुस महिनाको प्रतिवेदनअनुसार, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले मात्र एक महिनामा ५ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।

मोबाइल बैंकिङ्ग अहिले सबैभन्दा लोकप्रिय भुक्तानी माध्यमको रूपमा स्थापित भइसकेको छ। यसले परम्परागत बैंकिङ्ग प्रणालीलाई डिजिटल रूपान्तरणतर्फ तीव्र गति दिन मद्दत गरेको छ।

त्यसैगरी, क्यु–आर कोडमार्फत पुस महिनामा ३ करोड ६४ लाख पटक भुक्तानी स्क्यान गरी १०५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। डेबिट कार्डमार्फत १ करोड ३ लाख पटक कारोबार हुँदा ७८ अर्ब ७४ करोड रुपैयाँ कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ।

यसरी मोबाइल बैंकिङ्ग, क्यु–आर कोड र कार्डमार्फत हुने डिजिटल भुक्तानीको बढ्दो प्रयोगले नगदरहित अर्थतन्त्र निर्माणमा थप बल पुर्‍याइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय