spot_img

पर्सामा निर्वाचन आचारसंहिता अनुगमनका लागि अधिकृत नियुक्त

spot_img
spot_img

वीरगंज,२५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार निर्वाचन ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम आचारसंहिताको पालना भए–नभएको अनुगमन गर्न दुई जना अधिकृतलाई जिम्मेवारी दिइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल र प्रहरी नायब उपरीक्षक (प्र.को.नि.) मनोजकुमार जोशीलाई अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको प्रशासनले जनाएको छ।

सूचना अनुसार निर्वाचन आचारसंहिता विपरीत गतिविधि भएको वा गराइएको अवस्थामा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ अनुसारको ढाँचामा ती अधिकृतसमक्ष उजुरी दर्ता गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन नागरिकको सक्रिय सहभागिता तथा निगरानी आवश्यक रहेको उल्लेख गर्दै आचारसंहिताको पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय