spot_img

सेवा प्राथमिकता भन्दै रुपेश पाण्डेले पकहाँ मैनपुरमा पार्टी कार्यालयकाे उद्घाटन

spot_img
spot_img

वीरगन्ज,२८ माघ । पर्सा निर्वाचन क्षेत्र नं. ३, पकहाँ मैनपुर गाउँपालिका वडा नं. ३ मा नेकपा (एमाले) वडा कमिटीको कार्यालय सञ्चालनमा आएको छ। यस कार्यालय उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा पाण्डेले क्षेत्रको समग्र विकासका लागि परिवर्तन आवश्यक रहेको बताउँदै आफू नेता नभई सेवकको भूमिकामा काम गर्न आएको स्पष्ट पारे। उनले भने, “म तपाईंहरूको नेता होइन, सेवक बन्न आएको हुँ। एकचोटि मौका दिनुहोस्, म गरेर देखाउँछु।”

पाण्डेले भाषणभन्दा कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै, अवसर पाए क्षेत्रको मुहार परिवर्तन गर्ने दाबी गरे। उनले सुशासन अपरिहार्य रहेको र शिक्षा, स्वास्थ्य, कृषि लगायत सबै क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा पकहाँ मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजय चौरसिया, नेता शिव पटेल, बिन्धान्चल ठाकुर, रामबाबु चौरसिया, तेजप्रकाश निषाद, राजकिशोर साह तेली, नवल पटेल, मोटर कुमार र जानमहमद आलम लगायतका उपस्थित थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय