आईसीसी टी–२० विश्वकपमा आज तीन खेल: न्युजिल्याण्ड–दक्षिण अफ्रिकाबीच रोमाञ्चक भिडन्त

spot_img

काठमाडौं,०२ फागुन । ICC Men’s T20 World Cup अन्तर्गत आज तीन महत्वपूर्ण खेल हुँदैछन्। प्रतियोगितामा आयरल्याण्ड–ओमान, इंग्ल्याण्ड–स्कटल्याण्ड तथा न्युजिल्याण्ड–दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेल समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुनेछ। खेल श्रीलंकाको कोलम्बोमा बिहान ११:१५ बजे सुरु हुनेछ। दुबै टोली हालसम्म जितविहीन भएकाले पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।

दोस्रो खेल समूह ‘सी’ का इंग्ल्याण्ड र स्कटल्याण्डबीच हुनेछ। भारतको कोलकातास्थित इडेन गार्डेनमा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जितका लागि प्रतिस्पर्धा गर्नेछन्। जारी प्रतियोगितामा दुवैले दुई खेलमध्ये एक जित र एक हार व्यहोरेका छन्।

त्यसैगरी, तेस्रो तथा दिनको अन्तिम खेलमा समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच भिडन्त हुनेछ। अहमदाबादमा बेलुका ७:१५ बजे सुरु हुने यो खेल समूह शीर्षस्थानको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। दुवै टोलीले यसअघि खेलेका दुईरदुई खेल जित्दै समान चार अंक जोडेका छन्।

आजका खेलहरूले समूहको अंकतालिकामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय