सुनसरी,०३ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका छन्। उनीहरूलाई गोप्य सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर को टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरी का अनुसार सप्तकोशी नदी आसपासबाट लागूऔषध ओसारपसार भइरहेको सूचना पाएपछि चेकजाँच तीव्र बनाइएको थियो। सो क्रममा बाँसको झाकभित्र लुकाएर राखिएको अवस्थामा नौ वटा प्लास्टिकको बोरामा करिब २२५ किलोग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीले घटनास्थलबाट को ३० प ९४७५ नम्बरको मोटरसाइकल समेत जफत गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

