अब प्रहरी उजुरीको प्रगति एसएमएसबाटै जानकारी पाइने

spot_img

काठमाडौं,२५ चैत ।  प्रहरीमा दर्ता हुने उजुरी तथा गुनासोको प्रगति अब सेवाग्राहीले एसएमएसमार्फत पनि प्राप्त गर्न सक्ने भएका छन्।

नेपाल प्रहरी ले एक सूचना जारी गर्दै उजुरी, निवेदन, गुनासो तथा जाहेरी दरखास्तको अवस्थाबारे डिजिटल रूपमा जानकारी दिने व्यवस्था लागू गरिएको जनाएको छ।

प्रहरीका अनुसार अब मुद्दा दर्ता हुने विभिन्न इकाईहरूमा सेवाग्राहीले दिएको मोबाइल नम्बरमा फोन वा एसएमएसमार्फत अनुसन्धानको प्रगति र कार्यान्वयन अवस्थाबारे जानकारी पठाइनेछ।

यो व्यवस्थाले सेवाग्राहीलाई प्रक्रिया पारदर्शी बनाउने र उजुरीको अवस्था बुझ्न कार्यालय धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय