काठमाडौं,०३ वैशाख । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार उनलाई बुधबार रिहा गरिएको हो। इरानस्थित नेपाली कन्सुलरसँग समन्वयपछि उनको रिहाइ सम्भव भएको बताइएको छ।
झा दुबईस्थित ब्ल्याक सी मरिन एलएलसी मा कार्यरत थिए। क्याप्टेनका रूपमा काम गर्दै आएका उनी इन्धन लिन इरान पुगेका बेला नियन्त्रणमा परेका थिए।
बताइएअनुसार, इजरायल–अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि उनी तेल लिएर फर्किने क्रममा पक्राउ परेका थिए।
उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ। झा करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए।

