spot_img

पर्साका सबै मतदानस्थलमा सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय

spot_img
spot_img

बीरगन्ज,०८ फागुन । फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन पर्सा जिल्लाका सबै मतदानस्थलमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा जडान गर्ने निर्णय गरिएको छ। पर्सामा निर्वाचन संचालनमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक नरेश सुवेदी ले जानकारी दिए कि फागुन १७ गतेसम्म सबै मतदान स्थलमा सिसिटिभी जडान गरिसक्ने योजना रहेको छ।

यस योजनाअन्तर्गत गाउँपालिका, नगरपालिका र महानगरपालिकाले सिसिटिभी स्थापना गर्ने जिम्मेवारी लिएका छन् भने सुरक्षा निकायले मनिटरिङ गर्नेछन्। जडानपछि सम्बन्धित मतदान स्थलमा कन्ट्रोल रुमबाट प्रहरी कर्मचारीहरूले गतिविधि निगरानी गर्नेछन्।

पर्सा जिल्लामा हाल १६७ वटा मतदान स्थल र ४४१ वटा मतदान केन्द्र छन्, जसमा चारवटा निर्वाचन क्षेत्रका मतदाता मतदान गर्नेछन्। यस कदमले निर्वाचनको पारदर्शिता र सुरक्षा सुनिश्चित हुने विश्वास व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय