spot_img

आफ्नो उम्मेदवार चिन्नुहाेस, को हुन त हरि पन्त?

spot_img
spot_img

बीरगन्ज,०९ फागुन । बुद्धिप्रसाद (हरि) पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हुन् । उनी २०८१ साल पुसमा रास्वपाको पर्सा जिल्ला सभापतिमा निर्वाचित भएका थिए। बीरगन्जमा सम्पन्न प्रथम जिल्ला भेलाले उनलाई सभापतिमा निर्विरोध चयन गरेको हो।

संगठन निर्माण, पार्टी विस्तार र स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै पन्तले पर्सा जिल्लामा रास्वपाको संगठन सुदृढ बनाउने भूमिकामा सक्रिय रहँदै आएका छन्।

४६ वर्षीय पन्त सर्लाही जिल्लामा जन्मिए पनि लामो समयदेखि बीरगन्जमा बसोबास गर्दै व्यावसायिक गतिविधिमा संलग्न छन् । उनी होटल तथा पर्यटन क्षेत्रका व्यवसायी हुन्। यसअघि होटल तथा पर्यटन व्यवसायी संघ, पर्साका अध्यक्ष रहिसकेका पन्त उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तथा होटल–पर्यटन समितिका उपसंयोजकका रूपमा पनि सक्रिय थिए।

उनको बाल्यकाल संघर्षपूर्ण रह्यो। तीन वर्षको उमेरमै बाबु गुमाएपछि आमा सँगै रौतहट गएर चन्द्रपुरबाट माध्यमिक तहको शिक्षा पूरा गरे। त्यसपछि पुनः बीरगन्ज फर्किएर आमासँगै संघर्ष र मेहनत गर्दै व्यवसायिक जीवन सुरु गरेका हुन्। हाल बीरगन्ज महानगरपालिकाका स्थायी बासिन्दा रहेका पन्त क्लासिक होटल र कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन्। होटल व्यवसायमा आबद्ध रहँदै उनले रास्वपाबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय