मुस्ताङबाट कांग्रेसले खोल्यो खाता

spot_img

काठमाडौं,२२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले जित हासिल गर्दै आफ्नो खाता खोलेको छ।

नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार उनले ३ हजार ३०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रधारा विष्ट (नेकपा एमाले) ले १ हजार ८०६ मत ल्याएका छन्।

त्यसैगरी अधितीय चन्द्र थकाली (रास्वपा) ले ७५९ मत प्राप्त गरेका छन्।

यस नतिजासँगै मुस्ताङ बाट कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित दर्ता गरेको हो। लगातार दोस्रोपटक विजयी बनेका गौचनले जिल्लाको विकास, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय