सप्तरी–४ मा रास्वपाका सिताराम साह निर्वाचित

spot_img

सप्तरी,२३ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन्। उनले ३६ हजार ४१२ मत प्राप्त गर्दै स्पष्ट मतान्तरसहित जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गरेका छन्। साहले चौधरीलाई २३ हजार ३०९ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल का उम्मेदवार डा. बाबी सिंहले १० हजार २८० मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी की उम्मेदवार रुवी कुमारी कर्णले १ हजार ७०९ मत पाएकी छन्।

सप्तरी–४ का मुख्य निर्वाचन अधिकृत विष्णु आचार्यका अनुसार विजयी साह र कांग्रेसका चौधरी बाहेक अन्य उम्मेदवारहरूले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय