निर्वाचन सम्पन्न भएकोमा मोदीको बधाई, नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता

spot_img

काठमाडौं,२३ फागुन । नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भारतका प्रधानमन्त्री मोदीले नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण उपलब्धि र गर्वको क्षणका रूपमा उल्लेख गरेका छन्।

मोदीले भारतलाई नेपालको निकट मित्र तथा छिमेकी राष्ट्र भएको उल्लेख गर्दै आगामी दिनमा नेपाली जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका साझा लक्ष्य हासिल गर्न सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो सफलता हासिल गर्ने संकेत देखिएको छ। उक्त पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय