जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

spot_img

काठमाडौं,२३ फागुन । जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाअनुसार उनले १४ हजार ८१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार दिपबहादुर शाहीले ७ हजार १४३ मत पाए भने नेपाल कम्युनिस्ट पार्टी का शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गरेका छन्।

देशभर राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरिरहँदा जुम्लामा भने सो पार्टीका उम्मेदवार विनिता कठायतसहित केही उम्मेदवारहरूले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय