झापा,२३ फागुन । झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राखेका छन्। मतगणना अन्तिम चरणतर्फ पुगेसँगै जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ।
हालसम्मको मतगणनाको प्रवृत्ति अनुसार क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरा र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह अग्रस्थानमा रहेका छन्।
अन्तिम परिणाम सार्वजनिक हुने चरणमा पुगेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ। नेपाल प्रहरीका अनुसार मतगणना स्थल र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।
यसका साथै नेपाली सेना समेत परिचालन गरी मतगणना केन्द्र वरपर निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।
यसैबीच झापाबाट प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि मतगणनाको पछिल्लो प्रवृत्तिअनुसार पराजय नजिक पुगेको देखिएको छ।

