पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसिया विजयी

spot_img

बीरगन्ज,२४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामाकान्त प्रसाद चौरसिया प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार चौरसियाले २९ हजार ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका रुपेश कुमार पाण्डेयले ११ हजार ९१४ मत पाएका छन्। नेकपाका छोटेलाल प्रसाद पाण्डेयले २ हजार १३७ मत प्राप्त गर्दा जनमत पार्टीकी मालती कुमारी कुशवाहाले ५८३ मत प्राप्त गरेकी छन्।

यस परिणामसँगै पर्सा–३ मा रास्वपाले स्पष्ट मतान्तरसहित जित दर्ता गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय