बीरगन्ज जेसीजद्वारा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमसँगै सम्पन्न

spot_img

बीरगन्ज,२४ फागुन । बीरगन्ज जेसीजको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रम बीरगन्ज जेसीज वर्ष २०२६ का अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा बीरगन्ज जेसीजको सचिवालयमा आयोजना गरिएको थियो।

कार्यक्रममा बीरगन्ज जेसीजका पूर्व अध्यक्ष उषा शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने संस्थापक अध्यक्ष पशुपति विक्रम शाह र पूर्व अध्यक्ष मधुराना ज्यूको विशेष उपस्थिति रहेको थियो।

अवसरमा सञ्चारकर्मी अनिता कुँवर एनीलाई पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। उनी विगत दुई दशकभन्दा लामो समयदेखि बीरगन्ज क्षेत्रमा सञ्चार र समाज निर्माणमा सक्रिय रहिआएकी छन्।

कार्यक्रमका संयोजक रागिनी साह रहिन् भने सञ्चालन रोशन दास थारुले गर्नु भएको थियो।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरूले नारी सशक्तिकरण, समानता तथा समाज विकासमा महिलाको भूमिकाको महत्व माथि प्रकाश पार्दै विचार व्यक्त गरेका थिए।

कार्यक्रमले नारीको योगदान र अधिकारको सम्मान गर्दै समाजमा महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्ने सन्देश प्रवाह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय