spot_img

प्रहरी ज्यादतीविरुद्ध हरिखेतान कलेजका विद्यार्थीद्वारा वीरगञ्जमा प्रदर्शन, घण्टाघर चौकमा यातायात अवरुद्ध

spot_img
spot_img

वीरगञ्ज, ८ चैत —  प्रहरीले ज्यादती गरेको विरोधमा हरिखेतान कलेजका विद्यार्थीहरूले वीरगञ्जको घण्टाघर चौकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले प्रहरी क्याम्पस परिसरभित्रै प्रवेश गरी आफूहरूमाथि लाठी प्रहार गरेको आरोप लगाएका छन्।

हरिखेतान कलेजमा आजदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को टर्मिनल परीक्षा कलेज प्रशासनले अन्तिम समयमा आएर रद्द गरेको भन्दै विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध नाराबाजी गर्दै क्याम्पस परिसरमै प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, प्रदर्शनका क्रममा विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेल मात्र भएको हो। तर विद्यार्थीहरूले घटनामा कलेज प्रशासनकै लापरवाही रहेको र प्रहरीले अत्यधिक बल प्रयोग गर्दै आफूहरूमाथि लाठी प्रहार गरी कुटपिट गरेको आरोप लगाएका छन्।

विद्यार्थीहरूको विरोधका कारण हाल घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। हरिखेतान कलेजमा शिक्षकहरु समेत आन्दोलनमा रहेको कारण परिक्षा रद्द गरिएको बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय