spot_img

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलको सरकारलाई दबाब

spot_img
spot_img

काठमाडौं,०९ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पनि प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिएको उल्लेख गरे। “सरकारले आफ्नो दायित्व पूरा गर्दै प्रतिवेदन छिटो सार्वजनिक गर्नुपर्छ,” उनले बताएका छन्।

गत चैत ८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको थियो। जेनजी युवाहरूको भदौ २३ र २४ गते भएको आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

यद्यपि, मन्त्रिपरिषद्ले चैत १ गते प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि हालसम्म सार्वजनिक गरिएको छैन। यसप्रति असन्तुष्टि जनाउँदै पौडेलले प्रतिवेदन सार्वजनिकमा ढिलाइ हुनु ‘विडम्बना’ भएको टिप्पणी गरेका छन्।

उनले प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न आशंका पैदा भएको उल्लेख गर्दै सरकार किन मौन रहेको भन्ने प्रश्न समेत उठाएका छन्। साथै, आन्दोलनका अगुवा तथा नागरिक समूहहरूले पनि प्रतिवेदन सार्वजनिक गर्न निरन्तर दबाब दिँदै आएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय