spot_img

ओली पक्राउ विरोधमा एमालेको देशव्यापी आन्दोलन घोषणा

spot_img
spot_img

काठमाडाै,१७ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न चरणमा प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार चैत २४ गते सबै जिल्ला कमिटीहरूले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि पालिका, वडा र प्रदेश तहमा क्रमशः विरोध कार्यक्रम अघि बढाइनेछ।

त्यस्तै वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौंमा केन्द्रीय विरोध सभा गर्ने निर्णय गरिएको छ।

एमालेले अध्यक्ष ओलीको पक्राउलाई लिएर चरणबद्ध रूपमा देशव्यापी आन्दोलन गर्ने तयारी गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय