सदन अब दलको बन्दी हुँदैन : मनिष झा

spot_img

काठमाडौं,२३ चैत । मनिष झा ले संसद् अब दलगत प्रभावबाट मुक्त हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद झाले सदन संसदीय सिद्धान्त र मूल्यका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिए।

उनले विगतमा संसद् विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको टिप्पणी गर्दै भने, “पहिले सदन खुमलटार, बालुवाटार, बूढानीलकण्ठ र बालकोटको बन्दी जस्तो भयो। त्यसले गर्दा संख्या मात्रै गनियो, सिद्धान्त सधैं कमजोर रह्यो।”

अब भने संसद् सिद्धान्तमा आधारित भएर चल्ने समय आएको उनले दाबी गरे। “अब सदन सिद्धान्तको हुनेछ भन्ने प्रस्तुत गर्ने पालो आएको छ,” उनले स्पष्ट पारे।

सांसद झाले सदनलाई सामान्य बहसको थलो मात्र नभई ज्ञान र मर्यादाको केन्द्र बन्नुपर्ने धारणा राख्दै भने, “सदन चौतारी जस्तो होइन, गुरुकुल जस्तो हुनुपर्छ।”

spot_img

ताजा अपडेट

लोकप्रिय