काठमाडौं,२३ चैत । प्रतिनिधिसभा ले तीनवटा अध्यादेश सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
आज बसेको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पारित गरिएको हो।
बैठकमा ती अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सुधन गुरुङ ले प्रस्तुत गरेका थिए। त्यसअघि सभामुख डोलप्रसाद अर्याल ले अध्यादेशविरुद्ध कुनै अस्वीकार सूचना नआएको जानकारी गराएका थिए। यसै बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो।
प्रतिनिधिसभा को अर्को बैठक चैत २४ गते मंगलबार अपराह्न १ बजे बस्ने तय गरिएको छ।

