उपराष्ट्रपति यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

spot_img

काठमाडौं,२४ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा उपचारका लागि लगिएको हो।

अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेल का अनुसार उच्च रक्तचाप (प्रेसर) बढेपछि उनलाई अस्पताल ल्याइएको हो। सुत्ने समयमा असहज महसुस भएपछि उपचारका लागि ल्याइँदा प्रेसर उच्च देखिएको र पेटमा ग्याससमेत रहेको उनले जानकारी दिए।

हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। केही परीक्षणका रिपोर्ट सामान्य आइसकेका छन् भने अन्य परीक्षणको नतिजा आउन बाँकी छ।

उपचारमा डा. गजुरेलको नेतृत्वमा कार्डियोलोजिस्ट तथा पेटरोग विशेषज्ञहरूको टोली संलग्न रहेको छ। उनलाई अस्पतालको भीआईपी क्याबिनमा राखेर निगरानीमा उपचार भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय