मन्त्रिपरिषद्को वरियता फेरबदल, गृहमन्त्री गुरुङ तल सरिए

spot_img

काठमाडौं,२४ चैत ।  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान मन्त्रिपरिषद्को मर्यादाक्रममा परिवर्तन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गरिएको यो हेरफेर संविधानको धारा ७६ अनुसार चैत १३ गते गठन भएको मन्त्रिपरिषद्मै लागू गरिएको हो।

नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरियतामा छन्। त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ क्रमशः अघि रहेका छन्।

यस हेरफेरले गृहमन्त्री सुधन गुरुङको स्थानमा परिवर्तन आएको छ। प्रारम्भिक सूचीमा तेस्रो वरियतामा रहेका गुरुङ अब चौथो स्थानमा झरेका छन्।

मन्त्रालयहरूको कार्यविभाजन भने यथावत राखिएको छ। १५ सदस्यीय मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह अन्तिम (१५औँ) वरियतामा रहेका छन्।

सरकारले प्रशासनिक सन्तुलन र कार्यसमन्वयलाई थप प्रभावकारी बनाउन मर्यादाक्रम हेरफेर गरिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय