हास्य कलाकार सागर लम्साल ‘बले’ ५ दिन हिरासतमा

spot_img

काठमाडौं,२५ चैत ।  हास्य कलाकार सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकामा बस्ने एक किशोरीले गम्भीर आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। आरोपअनुसार करिब एक वर्षअघि जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका लम्सालमाथि हाल अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले थप तथ्य सङ्कलन गर्दै घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय