सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म

spot_img

काठमाडौं,२५ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबारको दिन परिवर्तन गर्दै अबदेखि सोमबारदेखि शुक्रबारसम्म मात्रै कारोबार हुने जनाएको छ।

नेप्सेले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा आएपछि यो व्यवस्था लागू गरिएको हो। यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको सेयर बजार अब नयाँ कार्यतालिकाअनुसार चल्नेछ।

सरकारले गरेको निर्णयअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ।

नयाँ व्यवस्थासँगै सेयर बजारको कारोबार दिन पनि सरकारी कार्यालयको समयअनुसार समायोजन गरिएको नेप्सेले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय