काठमाडौँ,२७ चैत । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रामजी यादवले सम्हाल्ने भएका छन्।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहणपछि दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन्।
यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दीपक शाह विवादमा परेपछि पदमुक्त भएका थिए भने उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैँ राख्दै आएका थिए। अब नयाँ नियुक्तिसँगै दुवै मन्त्रालयले पूर्णकालीन मन्त्री पाएका छन्।




