नारायणी अस्पतालमा ओपीडी फार्मेसी विस्तार, बिरामीलाई राहत हुने अपेक्षा

spot_img

वीरगन्ज,२५ चैत । वीरगन्जस्थित नारायणी अस्पताल ले ओपीडी सेवामा औषधि लिन बिरामीले भोग्दै आएको लामो लाइनको समस्यालाई समाधान गर्न फार्मेसी सेवा विस्तार गरेको छ।

अस्पतालले आजदेखि थप नयाँ फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको हो। यसले ओपीडीमा आउने बिरामीको भीड व्यवस्थापनलाई सहज बनाउने र औषधि वितरण प्रणालीलाई छिटो तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अस्पताल प्रशासनका अनुसार ओपीडीमा बढ्दो बिरामी चापका कारण लामो समय लाइनमा बस्नुपर्ने समस्या देखिँदै आएको थियो। नयाँ व्यवस्था लागू भएपछि सेवा प्रवाह सुधार हुने र बिरामीले सहज रूपमा औषधि प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय