मल अभाव दोहोरिन नदिन सरकारसँग सांसद पाठकको माग

spot_img

काठमाडौं,२५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद देवराज पाठक ले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव हुन नदिन ठोस तयारी गर्न सरकारसँग आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतमा जस्तै किसानले मलका लागि याचना गर्नुपर्ने अवस्था दोहोरिन नहुने बताए।

‘किसान हाम्रो अन्नदाता हुन्, उनीहरूले समयमै मल नपाउँदा उत्पादनमै असर पर्छ,’ उनले भने, ‘यस वर्ष यस्तो समस्या नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नुपर्छ।’

सांसद पाठकले मल आपूर्तिको अवस्था र सरकारको तयारीबारे स्पष्ट जानकारी दिन पनि सभामुखमार्फत ध्यानाकर्षण गराएका छन्।

उनको भनाइमा कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको मल आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय