एमसीसी खारेजको पक्षमा हर्क साम्पाङ

spot_img

काठमाडौं,२८ चैत  । हर्क साम्पाङ राई ले एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा पुनः दोहोर्‍याएका छन्। उनले आफूहरू राष्ट्रहित र स्वाधीनताका मुद्दामा अडिग रहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले उपसभामुख पद कुनै दलको नभई राज्यको पद भएकाले यसलाई पार्टीगत स्वार्थसँग जोड्न नहुने उल्लेख गरेका छन्।

उनले आफूहरूलाई “जिम्मेवार देशभक्त प्रतिपक्ष”को रूपमा चित्रित गर्दै राष्ट्रभक्ति र स्वाधीनता सर्वोपरि रहेको बताएका छन्। साथै, एमसीसी खारेजको मागलाई निरन्तर उठाइरहने स्पष्ट पारेका छन्।

“हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन,” उनले लेखेका छन्, “हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु, एमसीसी खारेज गर्नैपर्छ।”

उनले नेपाली जनताको देशभक्तिप्रति शंका नगर्न पनि आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय