अमेरिकाबाट ३५ नेपाली एकैपटक डिपोर्ट, काठमाडौँ फर्काइयो

spot_img

काठमाडौँ,२८ चैत । अमेरिकाले ३५ जना नेपालीलाई एकैपटक चार्टर विमानमार्फत नेपाल फर्काएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालपछि कडा बनाइएको आप्रवासन नीतिअन्तर्गत उनीहरूलाई डिपोर्ट गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार ती नेपालीहरूलाई ७ अप्रिल (चैत २४) मा विशेष विमानमार्फत काठमाडौँ ल्याइएको हो। फर्काइएकामध्ये १२ जना अवैध बाटो हुँदै अमेरिका पुगेका थिए भने दुई जना विद्यार्थी भिसामा गएका युवा पनि रहेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार बाँकी व्यक्तिहरूले अमेरिकी आप्रवासन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्ट गरिएको हो।

पछिल्लो समय अमेरिकाले भिसा अवधि सकिएर बसेका वा नियम उल्लंघन गर्ने आप्रवासीहरूलाई कडा निगरानीमा राख्दै फिर्ता पठाउने अभियान तीव्र पारेको छ।

सरकारी तथ्यांकअनुसार पछिल्ला दुई महिनामा मात्रै २०० भन्दा बढी नेपालीलाई अमेरिका डिपोर्ट गरिसकिएको छ। यसले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूमा चिन्ता बढाएको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय