परिवर्तित व्यवस्थालाई जनमुखी बनाउन उपेन्द्र यादवको आग्रह

spot_img

काठमाडौँ,११ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई सुदृढ बनाउँदै सुशासन र जनमुखी शासन व्यवस्थातर्फ अघि बढ्नुपर्ने बताएका छन्।

लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष यादवले २०६२/०६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गरे ।

उनले उक्त दिनलाई नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै नागरिक स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन्।

यादवले परिवर्तित राजनीतिक व्यवस्थालाई वास्तविक अर्थमा जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नु अहिलेको प्रमुख राजनीतिक दायित्व भएको बताएका छन्।

उनका अनुसार लोकतन्त्रका ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा सुधार ल्याउन र कानुनको शासन सुदृढ बनाउन सबै पक्षको प्रतिबद्धता आवश्यक छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय