सुकुमबासी बस्ती खाली गर्ने निर्णयविरुद्ध काठमाडौँमा प्रदर्शन

spot_img

काठमाडौँ,११ वैशाख  । सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ।

थापाथलीस्थित बागमती किनारलगायत क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूले शुक्रबार सडकमा उत्रिएर सरकारको निर्णयको विरोध गरेका हुन्। प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानलेसमेत साथ दिँदै प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरूले “विकासका नाममा उठिबास होइन, अधिकार चाहिन्छ”, “पुनर्वास बिना हटाउने निर्णय मान्य छैन” जस्ता नारा लगाउँदै सरकारको निर्णय फिर्ता गर्न माग गरेका थिए। उनीहरूले वास्तविक सुकुमबासी बस्ती खाली गर्ने निर्णयविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ।

थापाथलीस्थित बागमती किनारलगायत क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीहरूले शुक्रबार सडकमा उत्रिएर सरकारको निर्णयको विरोध गरेका हुन्। प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि समर्थन जनाएको थियो।

प्रदर्शनकारीहरूले “विकासका नाममा उठिबास होइन, अधिकार चाहिन्छ”, “पुनर्वास बिना हटाउने निर्णय मान्य छैन” जस्ता नारा लगाउँदै सरकारको निर्णय फिर्ता गर्न माग गरेका थिए। उनीहरूले वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

अभियानका सह–संयोजकअजय सोडारीले सुकुमबासीको हक–हितका लागि आफूहरूको समर्थन रहने बताए। उनले पुनर्वासको व्यवस्था नगरी बस्ती हटाउने प्रयासलाई अन्यायपूर्ण भन्दै आलोचना गरे।

यता, सरकारबाट बस्ती खाली गराउने तयारी सुरु भएको सूचनापछि केही सुकुमबासीले आफ्ना सामान सार्न थालेका छन्। भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई हटाउने निर्णयअनुसार उपत्यकाका बस्तीहरू खाली गराउने तयारी भइरहेको जनाइएको छ।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार शनिबार र आइतबार उपत्यकाभित्रका सुकुमबासी बस्ती हटाउने तयारी गरिएको छ।सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

अभियानका सह–संयोजक अजय सोडारीले सुकुमबासीको हक–हितका लागि आफूहरूको समर्थन रहने बताए। उनले पुनर्वासको व्यवस्था नगरी बस्ती हटाउने प्रयासलाई अन्यायपूर्ण भन्दै आलोचना गरे।

यता, सरकारबाट बस्ती खाली गराउने तयारी सुरु भएको सूचनापछि केही सुकुमबासीले आफ्ना सामान सार्न थालेका छन्। भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई हटाउने निर्णयअनुसार उपत्यकाका बस्तीहरू खाली गराउने तयारी भइरहेको जनाइएको छ।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार शनिबार र आइतबार उपत्यकाभित्रका सुकुमबासी बस्ती हटाउने तयारी गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय