धनुषा,११ वैशाख । मधेश प्रदेश सभा को चालु अधिवेशन आज मध्यरातदेखि औपचारिक रूपमा अन्त्य हुने भएको छ।
मधेश प्रदेश प्रमुखको कार्यालय ले विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको जनाएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण ले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन समाप्त गर्ने निर्णय गरेका हुन्।
यसअघि वैशाख ९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नै अधिवेशन आज मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको थियो।

