वीरगन्ज,२८ जेठ । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक निधन भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बहुदरमाई नगरपालिका–६ निवासी २८ वर्षीय तेलीको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी केही समयदेखि हृदयसम्बन्धी समस्याबाट पीडित रहेका थिए।
विपद् व्यवस्थापन कार्यालय, जनकपुरमा दरबन्दी रहेका तेली हाल काजमा प्रदेश प्रहरी कार्यालय वीरगन्जमा कार्यरत थिए।
उनको निधनप्रति मधेश प्रदेश प्रहरी कार्यालयले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यालयले उनलाई कर्मठ र राष्ट्रसेवामा समर्पित प्रहरीकर्मीका रूपमा स्मरण गरेको छ।
प्रहरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।




