कांग्रेस विवादसम्बन्धी दुई मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

spot_img

काठमाडौँ,०३ वैशाख । नेपाली कांग्रेस भित्रको आन्तरिक विवादसँग सम्बन्धित दुई छुट्टाछुट्टै मुद्दामा सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ।

कांग्रेसको आधिकारिकता विवाद तथा १५औँ महाधिवेशनको कार्यतालिका स्थगन माग गर्दै दायर रिटहरू न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासमा पेश भएका छन्। हाल रिट निवेदक पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् भने त्यसपछि विपक्षी पक्षको बहस सुरु हुनेछ।

आधिकारिकता विवादको मुद्दा निर्वाचन आयोग ले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई मान्यता दिएको निर्णयविरुद्ध दायर गरिएको हो। उक्त निर्णयप्रति असहमति जनाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले अदालतको ढोका ढकढक्याएको हो।

त्यस्तै, अर्को मुद्दा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको र सदस्यता खुलाउने निर्णयविरुद्ध दायर गरिएको हो। यो रिट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेका हुन्।

दुवै मुद्दाको अन्तिम निर्णयले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी महाधिवेशनको दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय