काठमाडौँ,०३ वैशाख । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
डोटीबाट निर्वाचित खड्कालाई समितिको नेतृत्वका लागि अघि सार्ने निर्णय आज भएको हो। संसदीय समितिका सभापतिहरूको मनोनयन प्रक्रिया अघि बढिरहँदा दलहरूले आ–आफ्ना उम्मेदवार टुंग्याउने क्रम जारी छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ, जसअनुसार कांग्रेसले उक्त जिम्मेवारी पाउने सम्भावना बलियो बनेको छ।
आजै सभापतिहरूको मनोनयन दर्ता हुने कार्यक्रम रहेकाले संसद्मा समितिहरूको नेतृत्व चयन औपचारिक चरणमा प्रवेश गरेको छ।

