बीरगन्ज,०३ वैशाख । बीरगन्ज महानगरपालिका–आदर्शनगरस्थित रुंगटा मल्ल भवनको दोस्रो तल्लामा रहेको फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सीको एक समारोहबीच उद्घाटन गरिएको छ।
कन्सल्टेन्सीको उद्घाटन बीरगन्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी मुर्लीधर रुंगटा र मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले संयुक्त रूपमा रिबन काटेर गरेका हुन्।
कार्यक्रममा कन्सल्टेन्सीका संस्थापक तथा सीईओ इन्जिनियर आर्जु सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीमध्ये हाजी ग्यासुदिन ठकुराई, नारायण रुंगटा, उद्योगपति अनिल अग्रवाल र वडा नं. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार समेत रहेका थिए।
कन्सल्टेन्सीले विद्यार्थीहरूलाई भारतका प्रतिष्ठित कलेजहरूमा भर्नादेखि अध्ययन पूरा नहुँदासम्म आवश्यक सम्पूर्ण सहजीकरण गर्ने जनाएको छ। साथै एमबीबीएस अध्ययनका लागि बंगलादेश र भारतमा अध्ययन अवसर उपलब्ध गराइने तथा अन्य शैक्षिक कार्यक्रमका लागि पनि सहजीकरण गरिने बताइएको छ।
विद्यार्थीलाई आकर्षित गर्न किफायती शुल्क र विशेष उपहार योजनासमेत राखिएको कन्सल्टेन्सीले जनाएको छ। सञ्चालकहरूले यस संस्थाले भविष्यमा अन्तर्राष्ट्रिय अध्ययनका अवसर विस्तार गर्दै विद्यार्थीलाई शैक्षिक मार्गदर्शनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

