उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयोजकमा रहबर अंसारी निर्विरोध चयन

spot_img

वीरगंज । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयोजकमा सांसद रहबर अंसारी निर्विरोध चयन भएका छन्।

बारा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसद अंसारीलाई समितिको संयोजक पदमा सर्वसम्मत रूपमा चयन गरिएको हो। उनी यसअघि मधेश प्रदेश सभाका सदस्य रहेकामा सो पदबाट राजीनामा दिँदै संघीय संसदको निर्वाचनमा सहभागी भई विजयी भएका थिए।

अंसारी लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विशेषगरी उद्योग, व्यापार, श्रम तथा उपभोक्ता अधिकारका विषयमा उनको अनुभव र सक्रियताका कारण समितिको नेतृत्वमा उनको चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समितिको संयोजकका रूपमा अंसारीले उद्योग–व्यवसायको प्रवर्द्धन, श्रमिक अधिकारको संरक्षण तथा उपभोक्ताको हित सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, मुलुकको आर्थिक गतिविधि सुदृढ बनाउन तथा निजी क्षेत्रसँग समन्वय गरी नीतिगत सुधारमा पहल गर्ने विश्वास समेत व्यक्त गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय