बीरगन्जमा दुई महिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

spot_img

बीरगन्ज,०३ वैशाख । लोकसेवा आयोगको तयारी गर्ने उद्देश्यले दुई महिने निःशुल्क तयारी कक्षा आजदेखिदेखि बीरगन्जमा सुरु गरिएको छ।

इन्सपायर एजुकेशन को आयोजना तथा बीरगन्जमहानगरपालिका वडा नम्बर ९ कार्यालय, पर्साको सहयोगमा कक्षा सञ्चालनमा ल्याइएको हो। तालिम संकल्प लोकसेवा आयोगको कार्यालयमा सुरु गरिएको जनाइएको छ।

कार्यक्रमको उद्घाटन इन्सपायर एजुकेशनका अध्यक्ष अशोक कुमार साहको अध्यक्षता तथा वडा नं. ९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता को प्रमुख आतिथ्यमा गरिएको थियो।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गुप्ताले स्थानीय युवालाई सक्षम बनाउँदै रोजगारीका अवसरतर्फ अघि बढाउन यस्ता तालिम उपयोगी हुने बताए। उनले वडाबासीको विकास र समृद्धिका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता पनि जनाए।

तालिममा ३० जना विद्यार्थी सहभागी भएका छन्। दुई महिनासम्म चल्ने यस कक्षामा प्रशिक्षण इन्सपायर एजुकेशनका अध्यक्ष साहले नै प्रदान गर्नेछन्।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, सदस्यहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहको सहजीकरण श्रीकान्त वैठा ले गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय