वीरगन्जमा जेसीजद्वारा मानसिक स्वास्थ्य कार्यक्रम, विद्यार्थीलाई जीवनोपयोगी सन्देश

spot_img

वीरगन्ज,०४ बैशाख । वीरगन्ज जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ। तराई अस्पताल परिसरमा सञ्चालित नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो।

वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष रविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा मुख्य वक्ता डा. अनुप कृष्ण गुप्ताले मानसिक स्वास्थ्यको महत्व र वर्तमान जीवनशैलीले सिर्जना गर्ने चुनौतीबारे विस्तृत धारणा राखे। उनले मानसिक स्वास्थ्यलाई केवल रोगको अभाव नभई समग्र व्यक्तित्व विकासको आधारका रूपमा व्याख्या गर्दै तनाव व्यवस्थापन, सकारात्मक सोच र भावनात्मक सन्तुलनमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको थियो, जसले विद्यार्थीहरूलाई आफ्ना जिज्ञासा खुला रूपमा राख्न र समाधानमुखी सोच विकास गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहकार गणेशमान श्रेष्ठ, अशोक गुप्ता, सरोज चौरसिया, मुकेश सिंह तथा कलेजकी प्रिन्सिपल ममता यादवलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक ऊर्जा र जीवनोपयोगी ज्ञान वृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।

उपाध्यक्ष रोहित गुप्ताको संयोजनमा सम्पन्न कार्यक्रम कलेजकी छात्राद्वारा सञ्चालन गरिएको थियो। आयोजकका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै सन्तुलित र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय