सर्वोच्चको निर्णयपछि कांग्रेस एकताबद्ध हुने वातावरण: गगन थापा

spot_img

काठमाडौं,०५ वैशाख । गगन थापा ले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको बताएका छन्।

नेपाली कांग्रेस का सभापति थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अदालतको निर्णयलाई पार्टी सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेका हुन्। उनका अनुसार यो विषय जित–हारभन्दा बढी विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्याससँग जोडिएको छ।

थापाले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई देशभित्र वा बाहिर जहाँ भए पनि एकताका लागि सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। पार्टीलाई पुनः बलियो बनाउने साझा यात्रामा सबैलाई जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ।

सभापतिको हैसियतले एकता प्रक्रियामा आफूले सबैभन्दा ठूलो जिम्मेवारी वहन गर्ने स्पष्ट गर्दै उनले त्यसअनुसार सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

उनले पार्टीको पन्ध्रौँ महाधिवेशनलाई सफल पार्दै संगठनलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। साथै, अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्ने दिशामा अघि बढ्न सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय